यौन हिंसा घटनाका आरोपित गिरफ्तार

  ०७५ कात्तिक २८ गते

१२ वर्षीया बालिकालाई यौन हिंसा गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २६ गते यौन हिंसा गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले आरोपितविरूद्ध कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लिलाराज लामिछानेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २८ गते भरतपुर अस्पताल, चितवनमा गरिएको छ ।


तिर्थराज डुम्रे