यौन हिंसा गरेको आरोपमा स्वास्थ्यकर्मी गिरफ्तार

  ०७५ असार २९ गते

२९ वर्षीया महिलालाई यौनहिंसा गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला सखुवा—३ स्थायी घर भई जुगल गाउँपालिकाको स्वास्थ्य संयोजकमा कार्यरत ५२ वर्षीय सुरेश शाहलाई असार २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई अआरोपितले असार ३ गते बेलुका जलबिरे बजारको औषधि पसल भित्र आरोपितले बलात्कार प्रयास गरेको आरोप छ ।

 

पीडित महिलाले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितलाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कडेलले बताए ।


नातिबावु धिताल