यौन व्यवसायमा लगाएको आरोपमा होटल सञ्चालक गिरफ्तार
१७ वर्षीया बालिकालाई जागिरको प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले गुल्मी जिल्ला रेसुङ्गा नपा-१४ पराल्मी घरभई सिर्द्धार्थनगर नपा-३ मा भट्टराई गेष्ट हाउस सञ्चालन गर्दै आएका ३१ वर्षीय कमल भट्टराईलार्इ असार १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले होटलमा सरसफाईको काम दिने प्रलोभन देखाएर यौन पेशा गर्नका लागि विभिन्न होटल तथा घरहरूमा पुर्याएको र पीडा सहन नसकेर भागेर प्रहरीलाई घटनाबारे जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाले असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपितविरूद्ध मानव बेचबिखन तथा साङ्गठनिक अपराधमा मुद्दा दर्ता गरी कारवाही गरिने जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।
रिमा बिसी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ११ गते)
जेठ ११ गते चार जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ८ सय ८९…
तीन बर्षदेखि सम्पर्कमा नआएका बुवाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध
रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन बर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको दुनैमा घर प्लास्टर गर्ने कामका…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वारा आत्महत्या
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार घटनाका आरोपित भिमदत्त नगरपालिका–२ महुलियाका ३४ वर्षीय दिनेश मालीले आफ्नै घरको पङ्खामा झुण्डिएर जेठ १० गते आत्महत्या गरेका छन् । जेठ १० गते समान किन्न…
रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७…