यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७५ चैत २७ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालीकामाई गाउँपालिका–२ बीरन्चीवर्वाका ५० वर्षीय राजकुमार कायस्तलाई चैत २६ गते गिरफ्तार गरेको छ । उनलाई प्रहरीले बीरगञ्ज महानगरको छपकैयाबाट गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितले चैत २५ गतयौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत २६ गते उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण नारायणी उपक्षेत्रीय अस्पतालमा चैत २६ गते गरिएको छ ।


केसी लामिछाने