यौन दुर्व्यवाहार घटनाका आरोपित गिरफ्तार

  ०७७ कात्तिक १९ गते

३४ वर्षीया महिलालाई यौन दुर्व्यवाहार गरेको आरोपमा जुगल गाउँपालिका–२ लिदि स्थायी घरभई सोही गाउँपालिका–१ बासखर्कमा अस्थायी बसोवास गर्दै आएका २८ वर्षीय गेल्वु शेर्पालाई ०७७ कात्तिक १९ गते प्रहरीले स्याउले बजारबाट गिरफ्तार गरेको छ ।

आरोपितले असोज २९ गते चौतारा साँगाचोकगढी नगरपालिका–१ ओख्रिनी स्थित एक होटलमा लगि मादक पर्दाथ सेवन गरी यौन दुर्व्यवाहार गरेको पीडितको आरोप छ  ।

पीडितले असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा यौन दुर्व्यवाहार बिरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते चौतारा अस्पतालमा गरिएको थियो ।

आरोपित फरार भएकोले तत्काल घटना सार्वजनिक नगरिएको डिएसपी सापकोटाले जानकारी दिनु भयो ।


नातिबावु धिताल