यौन दुर्व्यवहार मुद्दा मुल्तबीमा राख्ने फैसला
१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्धको मुद्दा अदालतले पुस २३ गते मुल्तबीमा राख्ने फैसला गरेको छ ।
न्यायाधीश इश्वरमणी ओझाको इजलासले मुद्दा मुल्तबीमा राख्ने अन्तिम आदेश गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७५ साउन ४ गते राति यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी ४० वर्षीया आमाले ०७५ साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ साउन ७ गते गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले साउन ११ गते उजुरी दर्ता गरेको थियो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु बिहेका लागि घरबाट भाग्न खोज्दा पीडितका अभिभावकहरूले थाहा पाई प्रहरीमा उजुरी गरेको आरोपितका बाबुआमाले बताएका छन् ।
जिल्ला अदालतको आदेशमा आरोपितविरुद्ध ०७५ कात्तिक २० गते वारेण्टसहितको म्यादी पुर्जी जारी भएको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–१ निस्कोटका ३३ वर्षीय कृष्ण विकलाई माघ ९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित…