यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७३ साउन ८ गते

बोल्न नजान्ने १६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा धनगढी गाविस-८ का ४० वर्षीय विश्वम्भर चौधरीलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरी साउन ७ गते मुद्दा दर्ता गरेको छ ।

 

पीडितलाई असार ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा उनका अभिभावकले साउन ५ गते दिएको उजुरीका आधारमा आरोपितलाई कञ्चनरुप नपाबाट साउन ६ गते गिरफ्तार गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र यादवले जानकारी दिए ।

 

पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन ६ गते भएको छ ।


मनोहरकुमार पोखरेल