यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका-६ का २७ वर्षीय पिन्टु भन्ने सच्चीकुमार हरिजनलाई आरोपितको घरबाटै चैत १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १६ गते इलाका प्रहरी कार्यालय मर्चवारीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर थमनबहादुर रजालीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
त्यसैगरी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला बरेली ठाना फरिदपुर ग्राम फरिदपुर उत्तर प्रदेश भारत स्थायी घर भई कपिलवस्तु जिल्ला शुध्द्धोधन गाउँपालिका-२ इँटाभट्टामा काम गर्ने २४ वर्षीय मोहमदरसिद मुसलमानलाई चैत १६ गते लुम्बिनीबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका असई विजय धवलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
त्यसैगरी १७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका-७ स्थायी घर भई सियारी गाउँपालिका भगदरी बस्ने ४० वर्षीय दयाशङ्कर केवटलाई सियारीबाटै चैत १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत १६ गते नै भिम अस्पताल भैरहवामा गरिएको छ ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…