यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७४ माघ २८ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले सप्तरी जिल्ला सम्भुनाथ नपा-१२ घर भई हाल लहान नपा-३ मा डेरा गरी बस्ने ३५ वर्षीय दिपनारायण चौधरीलाई माघ २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा माघ २८ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा माघ २८ गते गरियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार आरोपितले बालिकालाई यौन दुर्व्यवहार गर्दैगर्दा पीडित बालिका भाग्ने क्रममा प्रहरीको गस्ती टोलीले बालिकालाई उद्धार गरी आरोपितलाई गिरफ्तार गरेको बताए ।


दुर्गा परियार