यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७४ असोज २६ गते

१५ वर्षीया सुस्त मनस्थिति भएकी बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छेडागाड नपा-१० का ६४ वर्षीय मोती पुनलाई असोज २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असोज २३ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल खलङ्गामा असोज २३ गते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए ।


दिनेशकुमार श्रेष्ठ