यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार 

  ०७४ साउन १० गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-८ बेलगाछी भरलौनी टोलका १८ वर्षीय मनोज महतोलाई साउन ९ गते गिरफ्तार गरिएको छ ।

पीडित बालिकालाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू पोखरेलले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जलेश्वर अस्पतालमा साउन ९ गते गरिएको छ ।


अजयकुमार साह