यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७४ साउन ३ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णासबरन गाउँपालिका-३ का २५ वर्षीय श्यामसुन्दर खंगलाई साउन ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन ३ गते भएको छ ।


मनोहरकुमार पोखरेल