यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—८ का १९ वर्षीय आयुषसिंह ठकुरीलाई चैत २२ गते गिरफ्तार गरेको छ ।
बलिकामाथि यौन दुर्व्यवहारको प्रयास भएपछि आरोपित विरुद्ध चैत १७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा अरोपितलाई चैत २२ गते धनगढीको क्याम्पस रोडबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १७ गते सेती प्रादेशिक अस्पताल, धागगढीमा गरिएको प्रहरीले जनायो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…