यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन १४ गते

१३ वर्षीया बालिकालाई ०७७ फागुन १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोक जिल्ला घर भई लिखुतामाकोसी गाउँपालिका–२ मा भाँडाको व्यापार गर्ने २२ वर्षीय सन्जु खत्रीलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको छ ।

पीडित बालिकाका परिवारले फागुन १२ गते इलाका प्रहरी कार्यालय धोबीमा आरोपित खत्रीले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी गरेपछि प्रहरीले गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको ०७७ फागुन १२ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्य परीक्षण गरियो ।

आरोपित खत्रीलाई फागुन १३ गते अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


नबराज पथिक