यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ७ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेलौरी नगरपालिका–६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका ५३ वर्षीय शिक्षक मधुविलास ढुङ्गानालाई फागुन ६ गते गिरफ्तार गरेको छ ।

फागनु ५ गते विद्यालय भित्रै बालिकामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका अभिवावकले इलाका प्रहरी कार्यालय, बेलौरीमा फागुन ६ गते उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपित शिक्षकलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमरबहादुर थापाले इन्सेक जिल्ला प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ६ गते प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरीमा गरिएको छ ।


कोमलनिरन्जन भाट