यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ फागुन ५ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा  प्रहरीले तिलोत्तमा नपा–११ का ३१ वर्षीय महेन्द्र विश्वकर्मालाई फागुन ३ गते गिरफ्तार गरेको छ ।

पीडतलाई आरोपितले  फागुन २ गते कार्यस्थलमा  यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले दिएको मौखिक जानकारीका आधारमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो । पीडितपक्षले फागुन ४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


रीमा बिसी