यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडितपक्षले नेपालगन्ज उपमनपा–४ का २१ वर्षीय जावेद हलवाई विरूद्ध माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले माघ १६ गते विद्यालयबाट फर्किदा होटलमा लगेर यौन दुर्व्यवहार गर्नुको साथै कुटपिट गरेको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले इन्सेक प्रतिधिसँगको कुराकानीमा बताउनु भयो । इन्स्पेक्टर गिरीले आरोपितको खोजी भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रकी स्टाफ नर्स कविता पौडेलले बताउनु भयो ।
स्मृति देवकोटा
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २० गते)
फागुन २० गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
'आलमलाई जेलबाट छुटाउन लागिरहनेछु'-कांग्रेस सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नु भएको छ । गढीमाई नपा–६ धर्मपुरस्थित श्री…
कर्णालीका प्रमुख सचिवद्वारा आयोगको टोलीमाथि दुर्व्यवहार: घटनामा संलग्नलाई कारबाहीको माग
गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका वादी समुदायको अवस्था र सरकारको पहल सम्बन्धमा अध्ययनको लागि अनुगमनमा आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रमुख सचिवले दुर्व्यवहार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको…
यौन दुर्व्यवहार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिरहा नपा–५ का २५ वर्षीय श्याम सदाविरूद्धको मुद्दा जिल्ला अदालत सिरहाले फागुन १९ गते मुल्तबीमा राख्ने फैसला गरेको छ । न्यायाधीश पुष्पराज…