यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ माघ ६ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–१३ बेलबासका २२ वर्षीय आषिश पोखरेललाई माघ ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आारोपितले पुस २९ गते मादक पदार्थ सेवन गरी शौचालयमा लगेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका बुवाले माघ ३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएको  डिएसपी राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


रीमा बिसी