यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २४ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले हुप्सेकोट गाउँपालिका–२ का २९ वर्षीय हरि अर्याललाई पुस २२ गते गिफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस २१ गते कक्षा कोठामा एक्लै भएको समयमा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध पुस २२ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई सोही दिन गिरफ्तार गरी बाल यौन दुराचारको र्शीषकमा मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय (नवलपरासी बर्दघाट सुस्ता पूर्व) का एसपी प्रकाश मल्लले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २२ गते भरतपुर जिल्ला अस्पताल चितवनमा भएको थियो ।


तिर्थराज डुम्रे