यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रुपनी गाउँपालिका–४ छपकी भथौलका २२ वर्षीय ललन साहविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पुस २१ गते उजुरी दर्ता गरिएको छ ।
छठ पर्वको अवसरमा मङ्सिर ७ गते राति गाउँमा भइरहेको नृत्य कार्यक्रम हेर्न गएकी पीडितलाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले पुस २१ गते दिएको उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।
घटनापछि मङ्सिर १० गते पीडितकी आमाले बलात्कारको उजुरी लिएर आएपछि अनुसन्धानका क्रममा बालिकाले स्वयम् बलात्कार नभई यौन दुर्व्यवहार भएको बताएपछि उजुरी परिवर्तन गर्न लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण भने गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर १० गते नै गरिएको छ । घटनापछि आरोपित फर्केर गाउँ नआएको पीडितकी आमाले बताइन् ।
आरोपितका बुबाले भने घटना अगावै छठ पर्व लगत्तै ललन अध्ययनका लागि भारत गएकाले उजुरी काल्पनिक र झुठो भएको दावी गरे । आरोपित भारततर्फ गएकाले गिरफ्तार भएका छैनन् ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित चार वर्षपछि गिरफ्तार
१३ वर्षीया बालिका बलात्कारको आरोप लागेर फरार रहेका कपुरकोट गाउँपालिका –५ धनबाङ गाडापानी निवासी ८४ वर्षीय जितलाल बोहरालाइ प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाइ ०७३ माघ…
समान कामको समान ज्याला नपाएको महिलाको गुनासो
तिला गाउँपालिका–५ डुङ्ग्री गाउँका महिलाले डुङग्री गाउँको प्राथमिक विद्यालयमा दिनभर घेरवार निर्माण गर्दा समान कामको समान ज्याला नपाएको गुनासो गरेका छन् । विद्यालयको घेरवार निमार्णको लागि दिनभर ढुङ्गा, बालुवा र…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कपिलवस्तु जिल्ला वुद्धभुमी नपा–५ का ५१ वर्षीय गिरबहादुर विक र नवलपरासी पूर्व जिल्ला मध्यविन्दु नपा–७ का ४९ वर्षीय धनबहादुर मुखियालाई प्रहरीले…
मार्ने धम्की दिएको भन्दै वडा अध्यक्षद्वारा प्रहरीमा उजुरी
राजपुर गाउँपालिका–७ का अध्यक्ष ७२ वर्षीय भीमबहादुर खड्काले आफुलाई कार्यकक्षमै मार्ने धम्की दिएको भन्दै तुलसीपुर उपमनपा–१३ घर भई हाल राजपुर गाउँपालिका–७ स्थित सिक्टा माविका प्रधानाध्यापक ३६ वर्षीय विष्णु खत्री विरूद्ध…
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया दुई जना युवतीलाई बलात्कार गरेको अरोपमा प्रहरीले बाणगङ्गा नपा–१० घरभई रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरीमा कार्यरत प्रहरी जवान २९ वर्षीय विशाल शर्मा, बाणगंगा नपा–१० कै २८ वर्षीय गुरुचरण चौधरीलाई…