यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ पुस २१ गते

१३ वर्षीया बालिका यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–२ का ४० वर्षीय लेखनाथ रिजाललाई पुस २० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध पुस २० गते इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर ऋषिराज ढकालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा पुस २० गते गरिएको छ ।


नेत्रप्रसाद अधिकारी