यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ मङ्सिर २० गते

६, सात र आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा–११ का २४ वर्षीय दिपक गाइनलाई मङ्सिर १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाहरूलाई ललाइफकाई कञ्चनरूप नपा–१२ स्थित धारापानी पिकनिक स्थलमा लगेर आरोपितले यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

दुई जना पीडितकी आमाहरूले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले आरोपितलाई गिरफ्तार गरेको डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण मङ्सिर १८ गते नै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।


मनोहरकुमार पोखरेल