यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

  ०७७ कात्तिक २३ गते

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउँपालिका–५ का ६० वर्षीय महेन्द्र यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा कात्तिक २२ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २१ गते यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको पीडित बालिकाकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

आरोपित यादव फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २२ गते जिल्ला अस्पताल सिरहामा गरिएको छ ।


दुर्गा परियार