यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ साउन १६ गते

१५ वर्षीया बालिका माथि यौन दुव्र्यवहार घटनाका आरोपित दुल्लू नगरपालिका–१३ मालिकाका २१ वर्षीय रमेश शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित पक्षको उजूरीको आधारमा साउन १५ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते दैलेख जिल्ला अस्पतालमा गरिएको र घटनाको थप अनुसन्धान थालिएको डीएसपी ओलीले बताउनुभयो ।


अमर सुनार