यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज २९ गते

१० र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय रोशन प्रधानलाई असोज २८ गते राती प्रहरीले गिरफ्तार गरेको छ ।

असोज २८ गते बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले असोज २९ गते प्रधान विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी सूर्य थापाले बताउनु भयो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण भएको छैन ।


दिपेन्द्र अधिकारी