यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असोज १९ गते

१५ वर्षीया बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लालझाडी गाउँपालिका–२ का ५५ वर्षीय चन्द्रकान्त लुहारलाई असोज १७ गते  गिरफ्तार गरेको छ ।

पीडित पक्षले असोज १७ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी अमर थापाले इन्सेक प्रतिनिधिलाई फोनबाट  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १७ गते महाकाली अस्पतालमा गरिएको प्रहरीले जनायो ।


कोमलनिरन्जन भाट