यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार २४ गते

१६ वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  देवदह नपा–५ खैरेनीका २१ वर्षीय दिनेश विकलाई  असार २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २२ गते  यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको थियो ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालय बुटवलका  डिएसपी प्रतित सिंह राठौरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण असार २२ गते नै भीम अस्पताल, भैरहवामा गरिएको छ ।


रीमा बिसी