यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ १६ गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका ४५ वर्षीय काकालाई प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको छ ।

आरोपितले भदौ १४ गते बालिकाले लुगा धोइरहेको स्थानमा गई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपितविरुद्ध पीडित पक्षले कारबाहीको माग गर्दै भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । आरोपितलाई जिल्ला अदालतले अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न म्याद दिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको त्रिशूली जिल्ला अस्पतालमा भदौ १५ गते स्वास्थ्य परीक्षण गरिएको छ ।


नवदीप श्रेष्ठ