यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार २२ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१२ का २१ वर्षीय प्रकाश चौधरीलाई असार २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १८ गते  यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

पत्नी हो भनेर हात समातेको तर यौन दुर्व्यवहार  गर्न नखोजेको भन्दै गाउँमै मिलाउने प्रयास भएपछि उजुरी दर्ता गरेको पीडितका बुबाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा  बताउनु भयो ।                                                                  पीडितको स्वाथ्य परीक्षण असार २१ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।


जयनारायण पुन