यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १६ गते

१९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  बबई गाउँपालिका–५ घर भई गोरखा हस्पीटल, घोराहीमा कार्यरत २२ वर्षीय नवराज डाँगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।

अस्तालमा पीडितको एक्सरे गर्ने क्रममा आरोपितले असार १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका पतिले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

अस्पतालका प्रशासक दिनेश आचार्यले गलत कार्य गरेको भन्दै डाँगीलाई निलम्वन गरिएको इन्सेक प्रतिनिधिसँगको टेलिफोनमा बताउनु भयो ।


जयनारायण पुन