यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १३ गते

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का १८ वर्षीय डम्बर विकलाई असार ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  असार १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले  असार ११ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी सुमित खड्काले जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असार ११ गते  राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ ।


जयनारायण पुन