यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध मुद्दा दर्ता

  ०७७ असार १३ गते

२७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको अरोपमा मालारानी गाउँपालिका–५ घर भइ सन्धिखर्क नपा–२ बस्दै आएका  ५२ वर्षीय लिलबहादुर बिसि विरूद्ध पीडितपक्षले असार ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

पीडितलाई आरोपितले असार ३ गते फेसबुक म्यासेन्जरबाट सहयोगको प्रलोभन देखाएर यौन दुर्व्यवहार गरेको भन्दै आएको मुद्दा दर्ता गरी कानुनी प्रक्रियामा अगाडि बढेको जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

यौन दुर्व्यवहारसँग सम्बन्धित मुद्दा अदालतबाट चल्ने भएकाले अदालतको  आदेश अनुसार अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश क्षेत्रीले इन्सेक प्रतिनिधिसँगका फोन सम्पर्कमा बताउनु भयो ।


नारायण भुसाल