बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १२ गते

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका४ का २४ वर्षीय रकम बुढालाई असार ११ गते गिरफ्तार गरेको छ ।

कार्यालयबाट घर फर्कंदै  गरेकी युवतीलाई असार ११ गते साँझ ६ बजे यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको आधारमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

प्रहरीले मेलमिलापको लागि दबाब दिइरहेको इन्सेक जिल्ला प्रतिनिधिसँग पीडितले गुनासो गर्नुभएको छ  । तर, यस विषयमा डिएसपी ओलियाले आफूहरूले कुनै दबाब नदिएको र  बलात्कारको प्रयास शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको डाक्टर भिष्म पोखरेलले  बताउनुभयो ।


कालीबहादुर मल्ल