यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार १२ गते

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पलाता गाउँपालिका–४ का २४ वर्षीय रकम बुढालाई असार ११ गते गिरफ्तार गरेको छ ।

कार्यालयबाट घर फर्कदै गरेकी युवतीलाई असार ११ गते साँझ ६ बजे यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएको आधारमा आरोपितलाई पक्राउ गरिएको डिएसपी श्याम ओलियाले जानकारी दिनुभयो ।

प्रहरीले मेलमिलापको लागि दवाव दिइरहेको इन्सेक जिल्ला प्रतिनिधिसंग पीडितले गुनासो गर्नुभएको छ  । तर यस विषयमा डिएसपी ओलियाले आफुहरूले कुनै दवाव नदिएको र घटनालाई कानूनी प्रक्रियामा अगाडि बढाइने बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको डाक्टर भिष्म पोखरेलले बताउनु भयो ।


कालीबहादुर मल्ल