यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ असार ७ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गढवा गाउँपालिका ६ का २८ वर्षीय मनिष भनिने मानबहादुर घर्ती, १८ वर्षीय ज्ञाने पुन र १८ वर्षीय दिपक पुनलाई असार ६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले जेठ २९ गते भेट्न बोलाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडतपक्षले असार १ गते इलाका प्रहरी कार्यालय, गढवामा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर भरतसिंह राठौरले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

घटना पछि  बालिका बेहोस हुने, बरबराउने र बोल्न नसक्ने भएपछि उपचारका लागि असार ५ गते कोहलपुर मेडिकल कलेजमा लगिएको पीडित पक्षले बताए । पीडितको स्वास्थ्य परीक्षण असार ५ गते लमही अस्पतालमा गरिएको थियो ।                                  


जयनारायण पुन