यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट जिल्ला कटहरीया नपा–४ का २६ वर्षीय प्रमोद साहलाई भदौ ७ गते गिरफ्तार गरेको छ ।
विवाहिता पीडित बालिकाको दुई महिनाको गर्भ खेर गएर भदौ ७ गते निजगढ नपा–११ रतनपुर टोलमा रहेको स्वास्थ चौकीमा उपचार गर्न जाँदा रौतहट जिल्ला कटहरीया नपा–४ निवासी सोही स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य सहायक साहले बेहोस हुने सुई लगाएर यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
आरोपित साहलाई सोही टोलबाट भदौ ८ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालय निजगढका इन्स्पेक्टर विकाश थपलियाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण निजगढ अस्पतालमा भदौ ८ गते गरिएको छ ।
पेट दुःखेको ठिक गर्न सुई लगाउँछु भनेर बेहोस हुने सुई लगाएको कुरा पछि जानकारी पाएको पीडित पक्षको आरोप छ ।
भोलानाथ पौडेल
सम्बन्धित समाचारहरू
वडा अध्यक्षले कुटपिट गरेको घटनाको उजुरी प्रहरीले दर्ता नगरेको पीडितको आरोप
विदेह नपा–४ ठारहीका ४५ वर्षीय सुरुवा पासवान र ३५ वर्षीय गणेशकुमार पासवानलाई सोही वडाका वडा अध्यक्ष ४० वर्षीय विनोद गोहिमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय खजुरीमा फागुन ११ गते…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले फागुन १६ गते १६ वर्षीय बालकविरूद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपित बालकले फागुन ९ गते बलात्कार गरेको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन १७ गते)
फागुन १७ गते ७३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७४ हजार २ सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा…
कारागारमा दुई समूहबिच झडप हुँदा ६ जना घाइते
जिल्ला कारागार तनहुँमा फागुन १७ गते दिउँसो दुई समूहबिच झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् । अन्यत्रका कैदीबन्दीलाई तनहुँ कारागारमा स्थान्तारण गरेपछि नाइके बन्ने विषयमा दुई समूहबिच झडप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरुघाट गाउँपालिका–६ का २६ वर्षीय काशिराम सुनारलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ८ गते मोटरसाइकलमा मामा घर पुर्याइदिन्छु भन्दै आफ्नो घर…