यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २८ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा वनगाड कुपिण्डे नगरपालिका–१ का ५६ वर्षीय नन्दे लोहारलाई प्रहरीले जेठ २७ गते गिरफ्तार गरेको छ ।
जेठ २२ गते जंगलमा गोठालो गएको समयमा यौन दुर्व्यवहार  गरेको भन्दै पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालय,सल्यानमा उजुरी दिएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । आरोपितलाई १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको खतिवडाको भनाई छ ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते जिल्ला अस्पताल सल्यानमा गरिएको प्रहरीले जनायो ।


मिना बुढाथोकी