यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ भदौ ५ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मङ्गला गाउँपालिका–१, पैयुपाटाका ३३ वर्षीय बुद्धिबहादुर किसानलाई प्रहरीले ०७७ भदौ ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७७ साउन २० गते राति सुती रहेको अवस्थामा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा साउन ३० गते उजुरी दिनुभएको थियो ।

घटनापछि फरार रहेका आरोपितलाई घरमा आएको भन्ने सुराकीको आधारमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

आरोपितको गिरफ्तारीपछि उनलाई ०७७ भदौ ४ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको सरकारी वकिल कार्यालय म्याग्दीका न्यायधिवक्ता प्रकाश कोइरालाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७७ साउन ३० गते बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका सूचना अधिकरी प्रकाश सुवेदीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।


अमृत बास्कुने