यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १४ गते

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–३ का ३५ वर्षीय सन्तोष कटुवाललाई जेठ १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ १३ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी धर्मराज ढकालले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण इटहरी अस्पतालमा वैशाख २९ गते गरिएको छ । पीडितको मौखिक उजुरीका आधारमा स्वास्थ्य परीक्षण गरिएपनि लिखित उजुरी जेठ १३ गते मात्र आएको डिएसपी ढकालले बताउनुभयो ।


जयकृष्ण यादव