यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ १४ गते

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले म्याग्दीको मालिका गाउँपालिका–४ महभीर घर भई हाल बेनी नगरपालिका–८ बस्ने २६ वर्षीय रविन श्रीपालीलाई गिरफ्तार गरेको छ ।

आरोपितले जेठ १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले सोही दिन आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर घ्रुवप्रसाद शर्माले बताउनुभयो ।

उहाँले आरोपितलाई जेठ १३ गते गिरफ्तार गरेर बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १४ गते बेनी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।

 


अमृत बास्कुने