यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ९ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ ८ गते इलाका प्रहरी कार्यालय लिम्चुङ्गबुङ्गमा उजुरी दिएपछि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ८ गते गरिएको छ ।


भरत खड्का