यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ९ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५३ वर्षीय बाबुलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्ध जेठ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर मिलनसिंह बस्नेतले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ८ गते गरिएको छ ।


शिवप्रसाद ढुङ्गाना