यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ ९ गते

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ताप्ली गाँउपालिका–२ ओख्लेका ६५ वर्षीय ज्येष्ठ नागरिक छविलाल राईलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही जिल्ला प्रहरी कार्यालयका उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी प्रेमसागर केसीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ८ गते गरिएको छ ।


भरत खड्का