यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ जेठ २ गते

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको  आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश गोनाहा थाना घरभई बुटवल उपमनपा– १२ बस्ने २६ वर्षीय सरदाम अन्सारीलाई वैशाख ३० गते गिरफ्तार गरेको छ ।

पीडित घरमा खेलीरहेको अवस्थामा आरोपितले  वैशाख ३० गते यौन दुर्व्यवहार गरेको भन्दै  पीडित आमाले वैशाख ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाएको इन्सपेक्टर ओमप्रकाश यादवले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ३० लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

 


रीमा बिसी