यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७७ वैशाख २६ गते

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला घरभई ओमसतिया गाउँपालिका–१ आरपिड दाल मिलमा कार्यरत ३१ वर्षीय तुल्सी सरदारलाई वैशाख २५ गते ओमसतियाबाट गिरफ्तार गरेको छ ।

बालिका घरमा एक्लै भएको मौकामा आरोपितले वैशाख २४ गते  यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले वैशाख २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २५ गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी