यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत १७ गते

८ वर्षीया बालिकालाई फतुवाविजयपुर नपा—७ बस्ने १८ वर्षीय नवल पासवानले चैत १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन गिरफ्तार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुरका इन्स्पेक्टर चन्द्रकिशोर साहले बताउनु भएको छ ।

यौन दुर्व्यवहार गर्ने क्रममा पीडित बालिका रोइ–कराई गरेपछि स्थानियहरुले सुनेर पासवानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

खबर लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरका इन्स्पेक्टर साहको कमाण्डमा गएको प्रहरी टालीले आरोपितलाई सोही दिन नियन्त्रणमा लिएको थियो ।

चैत १५ गते नै पीडितको बुबाले ईलाका प्रहरी कार्यालय फतुवाविजयपुर उजुरी दर्ता गराउनु भएको थियो ।

आरोपित नवल पासवानमाथि बालयौन दुराचार सम्बन्धि मुद्दा दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर साहले बताउनु भयो ।

पीडित बालिका र पीडकको स्वास्थ्य परीक्षण चैत १५ गते नै चन्द्रनिगाहपुर अस्पतालमा भइसकेको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

इन्स्पेक्टर साहले चैत १७ गते घटनालाई सार्वजनिक गर्नु भएको छ ।


कोपिला तिमल्सिना