यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ३० गते

१६ वर्षिया बालिकालाई फागुन २८ गते साँझ ५ बजे यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा सखुवा प्रसौनी गाउँपालिका–२ प्रसौनीटोलका २२ वर्षीय वीरेन्द्र माझी मुसहरलाई ईलाका प्रहरी कार्यालय प्रसौनीले फागुन २९ गते पक्राउ गरेको छ ।

पीडित बालिका धारामा पानी लिन गएको समयमा यौनदुर्व्यवहार  भएको पीडितको आरोप छ ।

बालिका र बालिकाको बुवाले ईलाका प्रहरी कार्यालय एकटाङ्गामा फागुन २९ गते लिखित उजुरी गरेपछि एकटाङ्गा प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा सोही दिन बुझाएको छ । पीडित बालिकाका अनुसार विगत केही दिनदेखि आरोपितले पटक पटक यौन दुर्व्यवहार गरेको उजुरीमा उल्लेख गराएकी छिन् ।

ईलाका प्रहरी कार्यालय एकटाङ्गाका सई पुर्ण दहालका अनुसार उजुरीको अधारमा पक्राउ गरिएको र घटनाको विषयमा आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको बताउनु भयो ।

पक्राउ परेका माझी मुसहरको आफ्नो बयानमा आफुले जिस्क्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


केसी लामिछाने