यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ३० गते

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–३ का ३८ वर्षीय धनीराम घर्तीलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

पेशाले शिक्षक रहेका आरोपितले पीडितले विद्यालयमा यौन दुर्व्यवहार गर्दै आएको र अन्तिम पटक फागुन १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  फागुन २४ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएका थिए । घटना पछि फरार रहेका घर्तीलाई गिरफ्तार गरि अनुसन्धान थालिएको इन्स्पेक्टर गंगाबहादुर सारुले बताउनु भयो ।

फागुन १५ गते पीडित पक्षले उजुरी दिन जाँदा प्रहरीले नलिएपछि इन्सेक लगायतका संघ संस्थाले  घटनाको अनुसन्धान अघि बढाउन माग गर्दै उजुरी दिए पश्चात प्रहरीले पीडित पक्षको उजुरी दर्ता गराएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते लमही अस्पतालमा गरिएको थियो ।

 


जयनारायण पुन