यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन २९ गते

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले  ११ वर्षीय बालकलाई  फागुन  २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई फागुन २७ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले  फागुन २७ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिनु भएको थियो ।

आरोपित नाबालक भएकोले अभिभावकको जिम्मामा लगाइएर अनुसन्धान भइरहेको डिएसपी सुनिल मल्लले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २७ गते शिवराज अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 


पार्बती आचार्य