यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ८ गते

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नपा–२ अम्रेनीका ६३ वर्षीय भीमलाल कडेललाई  फागुन ५ गते गिरफ्तार गरेकोे छ ।

बालिका घरमा एक्लै भएको बेला फागुन ५ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । यौन दुर्व्यवहारको बेला  बालिका रोएको सुनेर स्थानीयले सुनेपछि आरोपित भागेका थिए ।  प्रहरीले सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरेको एसपी योगेन्द्रकुमार खड्काले बताउनु भयो ।

बालिकाको स्वास्थ्य परीक्षण फागुन ६ गते जिल्ला अस्पताल, गुलरियामा गरिएको प्रहरीले जनायो ।


मानबहादुर चौधरी